काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजामा लापरबाही गर्दा विद्यार्थीको प्राप्तांक नै फरक परेको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएका ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा फरक परेको छ । कुनै विषयमा ९१ नम्बर ल्याएको विद्यार्थीलाई नम्बर चढाउने बेला १९ मात्रै दिइएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार गत असारमा प्रकाशित नतिजामा चित्त नबुझेको भन्दै १८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये साढे ११ हजार विद्यार्थीको पुनर्योग गर्दा ६ सय २१ जनाको नतिजा परिवर्तन भएको छ ।
‘प्राप्तांक कम्प्युटरमा चढाउँदा ७१ ल्याएका विद्यार्थीलाई १७, ६९ ल्याएकालाई ०९ दिएको जस्ता त्रुटि देखिएका छन्,’ परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने । नन–ग्रेडेड ९एनजी० मा परेपछि पुनर्योग गराउँदा ५ विद्यार्थीले ४ मा ४ जीपीए ल्याएका छन् । काठमाडौंको विश्वनिकेतन माविकै एक छात्रले पुनर्योग गर्दा ४ जीपीए ल्याएका छन् । त्योसँगै विश्वनिकेतनबाट एसईईमा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५ पुगेको छ ।