काठमाडौं । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) मंगलबार वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बहादुरसिंह लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामाले प्रदेशसभामा निर्वाचित भएको पहिलो पटकमै ०७९ चैत २६ मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
सरकारमा रहँदा सन्तुलित बजेट ल्याएको भन्दै विपक्षीले पनि उनको प्रशंसा गरेका थिए ।