कुलमानले उद्योगिहरुलाई दुःख दिए, प्रधामनन्त्रीलाई धन्यवादः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत प्राविधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्टनण्डबाजी गरेको भन्दै उद्योगिहरुको बिद्युत लाइन जोड्न दिएको निर्देशनको तारिफ गरेका छन् । उनले अब संकटमा गएको अर्थतन्त्र क्रमश सुधार हुने भविष्यवाणीसमेत गरेका छन् ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै बस्नेतले लेखेका छन्, “प्रधानमन्त्री ज्यु ।पूर्व प्रधानमन्त्री प्रचण्डको असक्षमताको कारण दिनप्रतिदिन संकटमा गइरहेको अर्थतन्त्र र स्टण्डबाज महानिर्देशक कुलमान घिसिङगले उद्योगीहरू लाई दिएको दुःखलाई ध्यान दिएर हिजो प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलेज्यले नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको डेडिकेटेड फिडर र ट्रंक लाइन बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनु भएको छ । अब उद्योगहरू सञ्चालन हुनेछन् र धाराशाही भएको अर्थतन्त्र क्रमश सुधार हुनेछ।”

छुटाउनुभयो कि ?

TOP