नेपालका राजनीतिक नेतृत्वले लाेकतन्त्र, गणतन्त्रका स्वामी आफैं भएको दावी गरिरहेका छन्। वास्तवमा यी शब्दावलीकाे अन्तर के छ ? छाेटाे चर्चा गराै।
(१) लाेकतन्त्र (Democracy)
Greek भाषाको Demos र Cracy बाट आएको शब्द हाे- Democracy । Demos भनेको जनसाधारण र Cracy भनेको शासन हाे। अर्थात् जनसाधारणकाे शासन।
अब्राहम लिङ्कनका अनुसार, डेमोक्रेसी भनेको जनताको (of the people), जनता बाट( By the people) र जनताको लागि (for the people) हाे । Of the people भनेको जनताकाे समुचित प्रतिनिधित्व संसदमा भयाे भने जनताकाे शासन मानिनु हाे तर त्यस्तो भएन। By the people- भनेको जनताले प्रतिनिधि चुन्नु तर वयस्कले मात्र चुन्नु । For the people- भनेको जनताको लागि शासन हाे। तर शासन सिमित वर्गकाे लागि मात्र भयाे ।
यसरी हेर्दा, अब्राहम लिङ्कनले गरेकाे डेमोक्रेसीकाे परिभाषामाथि पनि प्रश्न उठ्छ । याे परिभाषाले पनि वास्तविक रुपमा डेमोक्रेसी भनेकाे यही हाे भनेर मान्न सकिन्न।
बरु, यसाे भन्न सकिन्छ, लाेकतन्त्र भनेको पनि सिमित हुनेखाने वर्गकाे मात्र शासन हाे।
(२) गणतन्त्र( Republic):
१७ औ शताब्दी पूर्वकाे स्थितिमा गैर-अधिनायकवादी ( Non absolustic) व्यवस्थालाई गणतान्त्रिक अर्थात् गणतन्त्र भनिन्थ्यो। चाहे त्यो लाेकतन्त्र हाेस्, धनिकतन्त्र हाेस् वा राजतन्त्र हाेस्। तर १८ औं शताब्दीमा युरोपमा राजतन्त्र विरुद्ध विद्रोह भयाे । अनुवांशिक राजालाई हटाइयाे र त्यसकाे स्थानमा निर्वाचित राष्ट्रअध्यक्ष ल्याइयाे। यसरी राष्ट्रकाे प्रमुख निर्वाचित व्यक्तिलाई बनाउने प्रणालीलाई गणतन्त्र भनियाे। अर्थात् समान्तवादी व्यवस्थाकाे ठाउँमा पूजिवादी व्यवस्थापन स्थापना गरियाे। यसमा वंशानुगत पद हटाइयाे र जनताकाे प्रतिनिधि ल्याइयाे। तर यसमा पनि प्रतिनिधिनै प्रमुख भयाे। जनता प्रमुख भएनन्।लाेकतन्त्रमा राजा हुन सक्छन् तर गणतन्त्रमा राजा हुँदैनन्। भारत गणतन्त्रात्मक देश हाे। जापान लाेकतन्त्रात्मक राजतन्त्र हाे।यसरी हेर्दा याे पनि सिमित वर्गकाे शासन मात्र भयाे। त्यसकारण याे समाजवादी व्यवस्था हाेइन, दलाल संसदीय व्यवस्थानै हाे। तसर्थ हामी यसमा धेरै गर्व नगराै। धेरै नअलमलिउँ ।
(३) जनतन्त्र (peoples’ democracy):
याे लाेकतन्त्र, गणतन्त्र बाट अलग अर्थात् सिमित वर्गकाे शासनबाट बहुसंख्यक जनताकाे शासन स्थापित गर्न ल्याइएकाे अबधारणा हाे। यसलाई समाजवादी लाेकतन्त्र पनि भन्न सकिन्छ। यसकाे अभ्यास चिन, लाओस, कम्बोडिया , क्युवा र पूर्वी जर्मनी लगायतका देशहरुमा अभ्यास भयाे तर अहिले गणतन्त्रमा फर्केका छन्। सिमित वर्गको शासन व्यवस्थामा फर्केका छन्। याे माेडेल राज्य नियन्त्रित, राज्यको स्वामित्व र राज्यको पहुँच हुने सिमित व्यक्तिको शासन हुने पुरानाे समाजवादी माेडेल हाे। याे माेडेल पनि चुनिएका नेता र कर्मचारीकाे मात्र नियन्त्रण, स्वामित्व र पहुँचमा फेरियो । याे पनि असफल भैसकेको छ।
(४) Direct peoples’ democracy( प्रत्यक्ष जनवाद/प्रत्यक्ष सहभागीतामूलक जनतन्त्र :
प्रत्यक्ष सहभागीतामूलक जनतन्त्र भनेकाे जनताकाे स्वामित्व , जनताले निर्णय गर्ने, जनता कार्यकारी हुने, प्रतिनिधि सेरिमुनियल अर्थात् जनताका हुलाकी मात्र हुने व्यवस्था हाे। याे सामाजिक व्यवस्थामा अहिले जस्तो चुनिएकाहरुले ऐन, नियम, कानुन बनाउन पाउँदैनन् । यदि बनाउनु पर्ने अबस्थामा जनतालेनै बनाउँछन्। यसमा न लाेकतन्त्रात्मक राजतन्त्र हुन्छ, न राज्यमा चुनिएका प्रतिनिधिहरु कार्यकारी हुन्छन्। न पुरानाे माेडेलकाे जनतन्त्र हुन्छ, न चुनिएका प्रतिनिधिहरूले बहुमतको बलमा जे मन लाग्यो त्यहि निर्णय गर्न पाइन्छ । तसर्थ अब प्रतिनिधिमूलक संसदीय व्यवस्थाले आम मानव जातिको हित र प्रतिनिधित्व गर्न सक्दैन ।
हामी अहिले २१ औं शताब्दीको वैज्ञानिक प्राविधिक युगमा छौं । यो युगको असली व्यवस्था प्रत्यक्ष जनवाद अर्थात् प्रत्यक्ष जनतन्त्र हुन्छ। चुनिएकाहरुको काम संयोजन मात्र गर्ने हुन्छ । सबै नीति र नियम जनतालेनै बनाउँछन्। त्यसैले अब गणतन्त्रको लागि हैन, प्रत्यक्ष सहभागीतामूलक जनतन्त्रका लागि पहल गरौं। अहिल्यैबाट यो व्यवस्था निर्माणका लागि र अभ्यासका लागि जुटौं । अहिलेको गणतन्त्र पनि लुटतन्त्रनै हो। गणतन्त्र भनेकाे समाज सम्पन्न हुने व्यवस्था हाे भनेर कन्फियुजमा नपराै। अहिलेकाे याे गणतन्त्र पनि लुटिखाने व्यवस्था नै हाे। त्यसैले प्रत्यक्ष जनवादको लागि वैज्ञानिक समाजवाद निर्माण अभियानमा जुटौं ।