प्रचण्डको भाषण प्रधानमन्त्रीको रूपमा यस रोस्टममा अन्तिम हो कि जस्तो लाग्यो: सांसद भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको भाषण सांसदमा प्रधानमन्त्रीकाे हाैसियतले अन्तिम हो कि जस्तो आफूलाई लागेकाे बताएका छन्।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बताए।

“प्रधानमन्त्रीको भाषण सुनिरहँदा मलाई यस्तो लाग्यो कि, यो रोस्टमा प्रधानमन्त्रीको हौसियतले अब फेरी भाषण गर्ने दिन फर्किदैन कि भनेर भन्नुभएको जस्तो मलाई महशुस भयो। माया मारेको जस्तो पनि लाग्यो। त्यसैले होला थुप्रै आकोश पोख्नुभयो। केही गलत सुचना दिनुभो।” उनले भने।

स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उनकाे भनाइ थियाे।

उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे।

छुटाउनुभयो कि ?

TOP