प्रचण्डको अन्तिम भोज

शिखर संकल्प

प्रचण्डले संसदमा अरुले नै लेखिदिएको भए पनि भावुक भाषण गरे । देश तीब्र गतिमा बन्दै थियो । लगभग बनिसकेको थियो । मुख्य सार यही थियो । बालुवाटारमा बस्दा देश बनेको देखिने आजको चलन होइन, राणाहरुले राणाशासनम देश बनेको देख्थे । पञ्चहरुले पञ्चायतमा देश एसियाली मापदण्डमा पुगिसकेको देख्थे । यहि सैद्धन्तिक मान्यतामा प्रचण्डले बोल्नु नाजायज होइन । देश बनेको भए बाढिले मानिस किन मर्थे । देश बनेको भए भ्रष्टाचारका यतिका मुद्धा अलपत्र किन पर्थे ? यो प्रश्न सत्ताका लागि होइन । प्रचण्डले देश बनिरह्यो भन्दा नपत्याउनुपर्ने त छैन । खालि प्रश्न कसका लागि बनेको हो ? जनयुद्धमा शहिद हुनेहरुका लागि कि प्रचण्डको परिवारका लागि, प्रचण्डको आसेपासेका लागि ? देश पक्कै बन्यो बहुसंख्यकहरुलाई रुवाएर । अत्यन्तै मुठिभरका लागि हसाएर । तर देश बन्यो ।

समाजमा वेरोजगारी व्यप्त छ । संसदको अन्तिम भोजमा वेराजगारी अन्त्य हुन खोजेको भने । सत्ताको चस्मा बढा सकारात्मक छ । सत्ताको चस्माशास्त्र सन्दुक रोइतले पनि जान्दैनन । सत्ताको चस्माशास्त्रको भेउ पाउन । प्रचण्डका केही दुख भने छन् । राजनीतिक कहिल्यै नगरेका ज्यावाइँलाई प्रदेश मन्त्रीमा चित्त बुझाउनुपर्छ । यो दुख हो । प्रचण्डको ज्वाइँ पनि हुनु प्रदेश मन्त्री हुनु कम्ति दुखको कुरा होइन ।

सत्ता किसिस किसिमका छन् । सत्तालाई दलाल र भक्तहरु चाहिन्छन् । यो मानेमा अन्तिम भोजबाट एक थरी कोणका दलाल र भक्तहरुले कम घण्टी बजाउनेछन् । तर प्रचण्डलाई पीर छैन, नयाँ रुपमा आएको, नयाँ एजेण्डा भएको भनिएको दलले खुमल्टाररुपी मन्दिरम घण्टा बजाउने छन् । प्रचण्डलाई थाहा छ, उनको पार्टीमा कार्यकर्ता छैनन् । रामनाम सत्य हो भन्ने भक्तहरु छन् । भक्तहरुबाट देवतालाई चुनौति कहिल्यै हुँदैन । मन्दिरलाई चुनौति कहिल्यै हुँदैनन् ।

प्रचण्ड पार्टी बनाउन चाहदैनन् । पार्टी बनाए पछि कार्यकर्ता हुन्छन् । उस्तै परे कार्यकर्ता बोल्न खोज्न सक्छन् । बोले के गर्ने उनलाई थाहा छ । बाबुराम, बैद्य र विप्लब चिनैकै छन् । प्रचण्डलाई मात्रै होइन, भक्तहरुलाई पनि थाहा छ बोल्दा के भयो । बाबुराम कहाँ छन् ? वैद्य के गर्दैछन् ? विप्लबका दुख के छन् ? भक्तलाई पनि थाहा छ र देवतालई पनि थाहा छ । त्यही भएर कुरा मिलिरहेको छ । पार्टी नबनाउनुको मजा के हो प्रचण्डलाई थाहा छ । प्रचण्डलाई के थाहा छैन । सिंगो पार्टीलाई कसरी अपनानित गर्ने हो थाहा छ । सिनियर भक्तहरुलाई बाहेक धेरैलाई कसरी भोकभोकै राख्ने हो त्यो पनि थाहा छ । क्रान्तिबाट आर्जेको शक्तिलाई जुवाको खालमा कसरी हाल्ने हो त्यो पनि थाहा छ । पार्टीलाई भित्रभित्रै नेकपा सुन बनाउने कसरी हो त्यो पनि थाहाँ छ । सिंगो पार्टीलाई विचलनमा कसरी लैजाने हो त्यो पनि थाहाँ छ ।

प्रचण्डलाई सब थाहा छ । कुन विचारले सरकार चलालउनु पर्छ भन्ने लेठो होइन, सरकार राम्रोे छ भन्ने थाहा छ । वरिपरि तस्कर र दलालहरु राखेर हिड्दाको नाफा थाहा छ । केही माओवादी मूर्खहरु जान्दैनन्, जनयुद्धले के गर्यो भन्न खोज्छन् । एउटा जनयुद्धले एउटा मान्छेलाई तीन तीन पटक प्रधानमन्त्री बनाउनेभन्दा अरु के गरोस् ।

प्रचण्डलाई डर कसैसँग छैन भने जनतासँग छैन । किनभने उनलाई एउटै निर्वाचन क्षेत्रमा जनतासँग दोहोर्याएर भोट माग्नुछैन । तर प्रचण्डलाई यो थाहा छैन, यही अन्तिम भोज हो ।

 

छुटाउनुभयो कि ?

TOP