देश माफियाको हातमा गयो: प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठुला प्रकरणको अनुसन्धान थाल्दा सरकारको शक्ति सन्तुलन खलबलिएको दाबी गरेका छन्।

प्रतिनिधिसभामा शुक्रबार विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन्।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो, ललिता निवासको विस्तृत अध्ययन र फिर्तीको अभियान थालियो अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान थालियो अर्को ठुलै समूह डरायो,’ प्रधानमन्त्री दाहालले भने, ‘बाँसबारीदेखि बाल मन्दिरसम्मका जग्गा खोज्न थालेपछि देशको शक्ति सन्तुलन नै खलबलियो। त्यही शक्तिले पहिलो र दोस्रो दललाई मिलायो। त्यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो।’

उनले जनता जाग्न आवश्यक रहेको बताए। उनले भने, ‘मेरो अपिल छ, जनता जाग्ने समय आयो। नभए देश माफियाको हातमा गयो।’

छुटाउनुभयो कि ?

TOP