काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो ।
बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव पेस गर्ने छन्।