वैज्ञानिक समाजवाद निर्माण अभियानको ऐतिहासिक केन्द्रीय समिति बैठक सम्मपन्न

काठमाडौं । वैज्ञानिक समजवाद निर्माण अभियानको केन्द्रीय समितिको बैठक राजधानीको पशुपति भिजनमा सम्पन्न भएको छ । बैठकले विभिन्न विभागहरु गठन गर्नुका साथै आगामी रणनीति र कार्ययोजनाबारे सघन छलफल गरेको छ ।

बैठकमा अभियानका संयोजक रमेश सुनुवारले वर्तमान युगको सपना, लक्ष्य र कार्यभार वैज्ञानिक समाजवाद निर्माण गर्नु भएको बताउनुभयो । उहाँले पुँजीवादविरुद्धको संघर्ष समाजवाद र गाँसबासको ग्यारेन्टी गरेर गर्न सकिने बताउनुभयो । “विज्ञानप्रविधिको प्रयोगबाट प्रचुर उत्पादन संभव भएको छ । त्यसैगरी विज्ञानप्रविधिकै कारण महिला पुरुषबीचको र अन्य सम्पूर्ण मानवमानवबीचको विभेदको अन्त्य सम्भव भएको छ,” संयोजक सुनुवारकोे भनाइ थियो ।

बैठकले निम्न विभागहरु निर्माण गरी विभागीय जिम्मेवारीसमेत बाँडफाँड गरेको छ ।

संगठन विभाग संयोजकः दलबहादुर विसी, सदस्यहरु आनन्द अधिकारी, भाइ किराती, हरिस मगर
स्कुल विभाव संयोजकः राजकुमार श्रेष्ठ, सदस्यहरु सागर सुनुवार, आशकुमार राई
उत्पादन विभाग संयोजकः सुदर्शन कार्की, सहसंयोजकः डा. आनन्द प्रेम, सदस्यहरु निरञ्जन रिजाल, समुद्रलाल श्रेष्ठ, महेश मगर, सरोज भुषाल
आर्थिक विभाग संयोजकः जयराज वली, सदस्यहरु ज्ञानेन्द्र श्रेष्ठ
युवा, खेलकुद तथा संरक्षक विभाग संयोजकः प्रमोद दिप, सदस्यहरु विशाल चित्रकार, राजेन्द बोहोरा, महेश मगर, सन्तोष भण्डारी
प्रचार विभागः संयोजक हरिश खड्का, सदस्य नहकुल कोइराला
विदेश विभागः सुनिता कार्की सुनिती
विज्ञानप्रविधि विभागः प्रकाश अधिकारी
योजना, मानव संसाधन तथा व्यवस्थापन विभागः डां. जीवराज आचार्य, दसस्य केवी धामी
महिला विभाग संयोजकः रोजिना पन्त, सदस्यहरु सीता पाठक, विना लुइटेल

छुटाउनुभयो कि ?

TOP