काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख केशव अर्यालसहितलाई १५ जनालाई विपक्षी बनाएर मुद्दा दायर भएको हो।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेललाई विपक्षी बनाएर मुद्दा दायर भएको छ।
त्यस्तै यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहलाई विपक्षी बनाएर मुद्दा दायर भएको छ।