विश्वासको मत लिन खोज्नु कसरी अनैतिक? माओवादी सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु अनैतिक नहुने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले दलहरूले समर्थन फिर्ता गरे सरकारले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएकाले सोही अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेको बताएका हुन्।

‘संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हो?,’ उनले प्रश्न गरे।

सांसद सापकोटाले कसैले चाहँदैमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्।

‘कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन। संवैधानिक व्यवस्था अनुसार नै सरकार अगाडि बढ्छ। २८ गते विश्वासको मत लिने प्रक्रिया सम्म पर्खिन आग्रह गर्छु,’ उनले भने।

छुटाउनुभयो कि ?

TOP