काठमाडौं । काठमाडौं महानगरपालिका १६ वडा र प्रथमाञ्जली नास खल: को सयुक्त आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं नयाँबजार स्थित सासा व्याङक्वेट पार्टीप्यालेसमा संचालन भएको यस स्वास्थ्य शिविर कार्यक्रम असार २२ गते सनिवार बिहान ७ बजे देखि दिउँसो १२ बजे सम्म संचालन भएको थियो।
शिविरमा ३५० जनाले स्वास्थ्य चेकजाँच गराएका थिए भने जस मध्ये ४० जनाले होल बडी चेक गराए ।
स्वस्थ्य शिविरमा भिडियो एक्स-रे , (ई.सि.जि) का उपकरण उपलब्ध थियो भने कलोजो , मृगौला , मुटु , थाईराईट , सुगर , पिसाब , रक्त कोष जस्ता विभिन्न रोगको परिक्षण सेवा उपलब्ध रहेको थियो
शिविरमा वरिष्ठ चिकित्सक द्वारा बिरामीलाई परामर्श तथा स्वास्थ्य परिक्षण गरिएको कार्यक्रमका संयोजक तथा प्रथमाञ्जली नास खल : का अध्यक्ष धर्म देव महर्जनले मिडिया दैनिकलाई जानकारी गराए।