नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने नेता घनश्याम भूसाललेबताएका छन्।
महाधिवेशनस्थल कमलादीमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए।
दाहाल नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन्। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।
नेकपा (एमाले) ले दाहाल नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएको थियो। एमालेका ८ मन्त्रीहरूले बुधबार नै पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री दाहालले तत्काल पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्।