जनता समाजवादी पार्टीले बोलायो कार्यकारिणी बैठक

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले बदलिँदो राजनीतिक परिस्थितिबारे निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

भोलि बस्ने बैठकले प्रधानमन्त्री प्रचण्डलाई साथ दिने कि कांग्रेस–एमाले गठबन्धनमा सामेल हुने भन्ने निर्णय गर्ने छ ।

पार्टी अध्यक्ष अशोक राईले भने, ‘भोलि कार्यकारिणी समितिको बैठक बस्छौं र छलफल गरेर संस्थागत निर्णय सार्वजनिक गर्छौं ।’

वर्तमान सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

छुटाउनुभयो कि ?

TOP