काठमाडौं । लगातार केहिदिन अघिदेखि परिरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा पानीको सतह बढ्न थालेको छ।
काठमाडौंका धोविखोला, बिष्णुमतीलगायतका खोलामा पानीको सतह बढ्दो क्रममा छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार कपन वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा भएको छ। बुढानिलकण्ठ क्षेत्रमा एक घन्टामै २५.६ मिलिमिटर वर्षा हुँदा धोबीखोलामा जलसतह बढिरहेको हो। बुढानिलकण्ठ क्षेत्रमा पछिल्लो २४ घन्टामा ७९.४ मिमि वर्षा भएको छ।
यसैगरी, बिष्णुमती खोला गोङ्गबु बसपार्क जलमापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ। पानीपोखरी क्षेत्रमा पछिल्लो २४ घन्टामा २१.८ मिमि पानी परेको छ।
‘नदी तटीय क्षेत्र छेउछाउमा रहनु हुनेहरूले सतर्कता अपनाउन र विशेषगरी नदी करिडोर भएर आवातजावत गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।