काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ जाने सडक बीच भागमा भासिएको छ।
सडक भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकल समेत डुबेको छ।
मोटरसाइकलमा दुई जना सवार रहेको उनीहरु सकुशल बाहिर निस्किएका थिए। खाल्डोमा परेको मोटरसाइकल पूर्ण रूपमा डुबेको थियो।
खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट केहिबेर अघि निकालिएको काठमाडौँ महानगरपालिका १६ वडाका का.वा. वडा अध्यक्ष पुष्प महर्जनले जनाएको छ।
सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ , अध्यक्षका अनुसार पानी ढल फुटेर आएको हो कि अरू नै हो भनेर बुझ्ने प्रयास भइरहेको जानकारी दिएको छ।
महानगरले मोटर प्रयोग गरेर त्यहाँको पानी निकालिरहेको भए पनि अहिले सम्म पानि बन्द भएको छैन । स्थानीयका अनुसार बिहान सडक भासिएको क्षेत्रमा ठुलो आवाजमा त्यहा बिस्पोट भएर पानि निस्किएको बताए ।