काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन्।
सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन्।
उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरु हल्ला मात्रै भएको बताए। आफुले दुई जना नेताहरुसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको उनले बताए।
उनले भने, ‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन।