Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २१ निर्णयहरु

काठमाडौँ। सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।

सोमबार मन्त्रीपरिषद् बैठकका विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषदका निर्णयहरु:

छुटाउनुभयो कि ?

TOP