प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज संसद भवन नयाँ बानेश्वरमा बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यसै गरी राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।

 

छुटाउनुभयो कि ?

TOP