काठमाडौं। आज र भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै असार ८ गतेदेखि ९ गतेसम्म मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी मर्स्याङ्दी काठमाडौं २२० के.भी. प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० के.भी.को नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ के.भी. सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।
प्राधिकरणका अनुसार आज ११ के.भी. इन्कमर अन्तर्गत मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ, फिर्पिङ फिडरका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने छ।
यस्तै, आइतबार ११ के.भी. मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका क्षेत्रमा विभिन्न समयमा २ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।