संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्नेछन्।

प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

छुटाउनुभयो कि ?

TOP