बैशाखमा चुनाबमा जान माओवादी तयार !

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड  सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । त्यहाँ उनले अब चाँडै निर्वाचन आचारसंहिता लाग्न सक्ने मन्त्रीहरुलाई बताए ।सरकार सञ्चालनसम्बन्धी माओवादीद्वारा गठित आन्तरिक संयन्त्रको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीसँग भने, ‘अध्यक्षज्यूको भनाइ सुन्दा स्थानीय चुनाव बैशाखमै हुने संकेत देखियो । चुनाव गर्न नसकेको आरोपसहित चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीको चाहना रहेछ भन्ने बुझियो ।’

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्षले समेत एकमुख भएर बैशाखमै चुनाव हुनुपर्ने दबाव दिइरहेका बेला शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो । सो छलफलपछि स्थानीय चुनावबारे औपचारिक सहमति जुटाउन शनिबार पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ ।

छुटाउनुभयो कि ?

TOP