जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।
अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन समितिले नयाँ नेतृत्व छनोटका लागि बुधवार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदमा यादव बाहेक कसैको पनि मनोनयन नपरेका कारण उनी निर्विरोध निर्वाचित भएको जनाएको छ।
अध्यक्ष बाहेक २०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारी चयनका लागि बुधवार अपराह्न ४ बजे मतदान हुनेछ। निर्वाचनबाट सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गरिने छ।