फिफा विश्वकप छनोट- दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल राति पौने १० बजेदेखि सुरु हुनेछ।

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो। छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ।

नेपाली टोली

गोलरक्षकः किरण कुमार लिम्बुु, अविशेक बराल, विशाल सुनार।
डिफेन्डरः अविशेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य आचार्य।
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई।
फरवार्डः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सन्जिव विष्ट, आयुष घलान, आशिष बाबु चौधरी।

छुटाउनुभयो कि ?

TOP