विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस पुग्ने सम्भावना ८० प्रतिशत

काठमाडौं । संयुक्त राष्ट्रसंघको मौसम विज्ञान एजेन्सी (डब्ल्यूएमओ)ले विश्वको वार्षिक औसत तापक्रम १.५ डिग्री सेल्सियस पुग्ने सम्भावना ८० प्रतिशतले बढेको जनाएको छ ।

एजेन्सीले बुधबार विश्वको तापक्रमको अवस्थाबारे नयाँ विश्लेषण जारी गरी पूर्व औद्योगिककालको तुलनामा वार्षिक औसत तापमानको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत बढेको जानकारी दिएको हो ।

डब्ल्यूएमओका अनुसार सन् २०२४ देखि सन् २०२८ सम्मको अवधिमा विश्वको औसत तापक्रम सन् १८५०–१९०० को अवधिको तुलनामा १.१ डिग्री सेल्सियसदेखि १.९ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।

सन् २०१५ मा संयुक्त राष्ट्रसंघको वार्षिक जलवायु सम्मेलन (कोप–२१)मा विश्वको तापमानको वृद्धिलाई सन् २०३० भित्र १.५ डिग्री सेल्सियसमा सीमित राख्न विशेष पहल गर्ने निर्णय भएको थियो । १९६ पक्ष राष्ट्रले १८ डिसेम्बर २०१५ मा हस्ताक्षर गरेको यो निर्णय ४ नोभेम्बर २०१६ देखि लागू भएको थियो ।

तर विश्वभर तापक्रम वृद्धि हुने क्रम रोकिएको छैन । सन् २०२३ ले हालसम्मकै सबैभन्दा बढी गर्मी वर्षको रेकर्ड रोखेको छ । त्यसैले पृथ्वीमा गर्मी बढ्दै जानु चिन्ताको विषय बनेको छ ।

छुटाउनुभयो कि ?

TOP