Advertisement

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपालले आज  नेदरल्यान्ड्ससँग भिड्दैछ। टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो।

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।

नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि  हो।  यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो।  यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो।

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन्। यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ।

आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।

छुटाउनुभयो कि ?

TOP