साढे १३ अंकले नेप्से वृद्धि हुँदा ४ अर्ब ३१ करोडको सेयर किनबेच

काठमाडौँ । साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८३.०४ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६५ प्रतिशतले बढेको हो । अघिल्ला दुई कारोबार दिनमा करिब ४४ अंकले घटेको नेप्से आइतबार भने साढे १३ अंकले बढेको हो ।

आइतबार कारोबारमा आएकामध्ये १ सय ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ, ६१ वटाको घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचकसँगै आइतबार कारोबार रकम पनि केही बढेको छ । सो दिन ६५ हजार ६ सय ४५ वटा कारोबारबाट ९६ लाख ९७ हजार २ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबार ४ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

छुटाउनुभयो कि ?

TOP