सामाजिक सञ्जाल फेशबुक मार्फत पार्टीको औचित्य र मर्यादालाई आँच आउने गरी स्टाटस अपलोड गर्ने बैतडी सुर्नया ०६ सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक हरिश अवस्थीलाई नेकपा बैतडीले कारबाही गर्न माग गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै उक्त स्टाटसको खण्डन गर्दै उहाँले पटक पटक पार्टीको विरुद्धमा जनतामा भ्रममा पार्ने, झुटा,कपाल कल्पित टिप्पणी गर्दै आएको पनि उल्लेख गरिएको छ ।