Advertisement

चिनको बिकाशले भारतलाइ पारेको खतरा

भारतका लागि राष्ट्रियताको खतराको घण्टी बजेको छ । चीनले भारतलाई सोझै चेतवानी दिएको छ ।

भारतीय उपराष्ट्रपति एम वैंकया नायडुको अरुणाचल भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै चर्को विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार उक्त भ्रमणको विरोध गरेका हुन्।

उनले भने, चीन अवैधरुपमा गठन गरिएको अरुणाचल प्रदेशलाई मान्यता दिन सक्दैन। भारतका उपराष्ट्रपति वैंकया नायडूको त्यस क्षेत्र भ्रमणको कडा विरोध गर्दछौं।

 

नेपालको भूमिमा विवादमा रहेको भारतलाई चीनले सोझै उसको मुख्य प्रदेश अरुणाचल प्रदेशलाई मान्यता दिन सक्दैन भनिदिएको छ । यसले भारत झस्किएको छ ।

चिनियाँ प्रवक्ताको उक्त बयानप्रति भारतीय विदेश मन्त्रालयले जवाफ दिएको छ। भारतले भनेको छ, हामीले चिनियाँ प्रवक्ताको आधिकारिक टिप्पणीलाई हामीले देखेका छौं। त्यस्तो टिप्पणीलाई अस्वीकार गर्दछौं।

भारतले अरुणाचल प्रदेश भारतको अभिन्‍न र अविभाज्य भूमि भएको बताएको छ। भारतले भनेको छ, जसरी उपराष्ट्रपतिले मुलुकका अन्य राज्यहरुको भ्रमण गर्दछन्, त्यसैगरी अरुणाचल प्रदेशको भ्रमण हुनेछ। भारतका नेताहरुलाई भारतको एक राज्यमा गरिने भ्रमणप्रति आपत्ति जनाउनुपर्ने कारण भारतीय नागरिकको बुझाइमा भन्दा पर छ।

भारतले अरुणाचल प्रदेशमा चिनियाँ दाबीलाई सधैं खारेज गर्दै आएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुई मुलुकबीचको मौजुदा सीमा विवादलाई थप पेचिलो बनाउनबाट जोगिनुपर्नेसमेत बताएका छन्। हैन भने सोझो मुकाविला गर्ने चीनको भनाईले विश्वमा नै यतातर्फ ध्यान तानेको छ ।

भारतले चिनियाँ चिन्ताको सम्मान गर्नुपर्ने उनले बताएका छन्। यसअघि भारत र चीनबीच लद्दाखमा देखिएको सीमा विवाद समाधान गर्नका लागि १३ पटक वार्ता गरेका छन्। तर, वार्ताबाट कुनै ठोस निष्कर्ष भने निस्किएको छैन। अब यो विवादले चीन र भारतबीच टकराव हुने निश्चित छ ।

छुटाउनुभयो कि ?

TOP