काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।
अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । यसअघि पनि टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार भएको थियो ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।