कान्तिपुरका अध्यक्ष सिरोहिया हाजिर जमानीमा छुटे

काठमाडौं । नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन् ।

स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका छुटेका हुन् । जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थामा टेकेर छाडिएको अवाले बताए ।

यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल अस्पतालमा उपचाररत छन् । पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

उनीमाथि सोमवार तेस्रो पटक हिरासतमा राख्न अनुमति लिइएको थियो ।

छुटाउनुभयो कि ?

TOP