पूर्व पर्यटन मन्त्री एबं एमाले नेता योगेश भट्टराईले आफूलाई अधक्ष्य केपी शर्मा ओलीले प्रयोग मात्र गर्न खोजेको आरोप लगायको छन् |
सामाजिक संजाल भरिय सबै मिडियामा नकारात्मक तरिका बाट बिषय उठाय तर पनि ओलीले न सर्बजिनिक रुपमा न आन्तरिक रुपले कतै पनि यसको डिफेन्स गरेनन |
उति बेला गोकुल बास्कोटाको अडियो नै आउदा पनि जुरुक्क काधमा बोकेका ओलीले एक शब्द संरक्षणमा नबोल्नु ले उनको हामीलाई हेर्ने नजर पहिलाको नै रहेको प्रस्ट हुन्छ |
शनिवार आफु निकटवर्तीहरु सँगको छलफलको क्रममा उनाले सो बतायाको स्रोतले शुदर्शन खबर लाई बतायो |
नारायणहिटी दरबार सङ्ग्रहालय भित्र रेष्टुरेन्ट बनाउन पूर्व पर्यटन मन्त्रीले स्वीकृति दिएको र बहालवाला मन्त्रीले रोकेको विषय यतिबेला चर्चाको शिखरमा छ ।
बतास समूहलाई सङ्ग्रहालयमा होटल खोल्न अनुमति दिएको भन्दै पूर्व मन्त्री योगेश भट्टराईको चर्को आलोचना र विरोध भइरहेको छ भने त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पर्यटन मन्त्री प्रेम आलेको प्रशंसा चुलिएको छ ।
यसबारेमा मंगलबार सामाजिक सञ्जालमार्फत योगेश भट्टराईले आफूले दरबार सङ्ग्रहालयभित्र होटल बनाउने विषयमा आफ्नो संलग्नता नरहेकोप्रस्टोक्ति दिएका छन् भने दरबार सङ्ग्रहालयका प्रमुख भेषनारायण दाहालले भने पूर्व मन्त्रीको मौखिक निर्देशन
अनुसार नै सङ्ग्रहालयभित्र रेष्टुरेन्ट बनाउने प्रक्रिया अघि बढेको दाबी गरेका छन् ।के मन्त्रीको जिम्मेवारीमा रहँदा भट्टराई दरबार सङ्ग्रहालयभित्र होटल बनाउन दिने पक्षमा थिए ? २०७६ माघ २२ गते प्रतिनिधि सभा अन्तर्गतको
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बाल्दै तत्कालीन मन्त्री भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कुनै होटल बनाउने योजना नरहेको सुनाएका थिए
। उनले नारायणहिटी दरबार सङ्ग्रहालयको मापदण्डमा रहने बताएका थिए ।सोही बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीभित्र होटल बनाउने कुरा आइरहेको भन्दै त्यसको चर्को विरोध गरेका थिए ।
उनले नेपालको सिङ्गो इतिहासलाई चिनाउने म्युजियम बनाउनका लागि माग गरेका थिए । नारायणहिटीमा होटल बनाउने कुरा सुनिरहेको भन्दै त्यसप्रति विरोध जनाएका थिए ।
उनले भनेका थिए, ‘म सुन्दैछु कि नारायणहिटीमा सपिङ कम्प्लेक्स बनाउने रे र होटल बनाउने रे । रोयल स्टान्डर्ड होटल बनाउने रे । बर्बाद पार्न खोजे
। अर्को जग्गा दिए हुँदैन । त्यो भन्दा दुर्घटना केही हुँदैन ।’ नारायणहिटी सङ्ग्रहालय प्रमुख दाहालले भने योगेश भट्टराईकै चाहानामा उनको मौखिक आदेशमा काम थालेको दाबी गरेका छन् ।
ओली र विद्या भण्डारी मिलेर संविधान नै खत्तम पार्न खोजेको पूर्वराष्ट्रपतिको आरोप
पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन् ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् ।चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए ।
पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने कर्तव्य भएको पनि स्मरण गराए ।
उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ ।
प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । पोलिटिकल पार्टी कहाँ–कहाँ गए ? के–के भयो ? त्यो विषय होइन ।
म भन्न चाहन्छु–जुन समस्याहरु खडा गरेका छौं । ती संस्थाहरुलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरु, जुन पिल्लर हुन्छ । त्यसमा बारम्बार प्रहार गरियो ।’
पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने धलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि पनि जनाए ।
उनले राजनीतिक दलहरुलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुटन पनि आग्रह गरे