काठमाडौं । गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।
अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ । गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।
कृषि क्षेत्रको बजेट घटेको छ । सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।
र्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।
चालु आव २०८०र८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।