संसदीय छानबिन समिति व्यक्तिको नाम तोकेरै गठन हुनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो

कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’

केही बेरमा सत्ता पक्षले बोलाएको बैठकमा शीर्ष नेताहरू सहभागी हुँदैछन् । त्यसअघि कांग्रेस पनि आन्तरिक छलफलमा जुटिरहेको छ । सहकारी ठगी प्रकरणमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको टुंगो नलाग्दा लामो समयदेखि संसद्मा गतिरोध देखिएको छ ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्षले भने नाम किटान गरेर समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

छुटाउनुभयो कि ?

TOP