काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलको स्वास्थ्य उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्री पौडेल गएको शनिबार स्वास्थ्यमा समस्या आएपछि बीर अस्पतालमा भर्ना भएका थिए ।
लगातार ज्वरो आएर आएपछि कोरोना, डेंगु, रगत, पिसाव परीक्षण गरिएको रिपोर्टहरू राम्रो आएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताए ।
मन्त्री पौडेल अस्पतालको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचार गरिएको थियो ।