माधव नेपाल भन्छन्ः सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय छ

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय भएको बताएका छन् । बुधबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसँत कुरा गर्दै नेपालले कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको कुरा सुनेर आफू अचम्मित भएको बताएका हुन् ।

यो कस्तो देश भयो ? स्वच्छ मिडिया राम्रो मिडिया चलाएबापतको दण्ड हो कि ? कुनै बदलाको भावनाले यो भएको हो कि ? उनले भने सबैलाई थाहा छ कि कैलाश सिरोहिया जनकपुरकबासी हो । सारा परिवारको बसोबास यही छ । कैलाश सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो ।

एउटै नम्बरको दुईवटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने मान्छेको नभएर प्रशासनको भएको उनको दाबी थियो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो । कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

छुटाउनुभयो कि ?

TOP