प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनी प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

छुटाउनुभयो कि ?

TOP