काठमाडौं । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
काठमाडौं महानगरपालिकाले डोजर चलाउनु अघि माइकिंग गरी सूचना दिएको भएपनि त्यस क्षेत्रका व्यापारीहरुले समान हटाउनालाई केहि समय लाग्ने र पैतिस दिन समय मागेका थिए ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।