काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन समिति बनाउने आश्वासन दिदैउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् ।
सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।
तर समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेस अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् ।