नेकपा एमाले सल्यान बाट बिध्यार्थी जिबनमा खेलवाड

सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर ५ ढाकाडम काेटमा रहेकाे नेपाल राष्ट्रिय माविका विद्यार्थीहरुलाइ परिक्षा छुटाएर पार्टीकाे कार्यक्रममा लगिएकाे छ । एमाले सल्यानकाे नवाैं राष्ट्रिय सम्मेलनमा मयुर नाच देखाउने भन्दै विद्यार्थीहरुलाइ परिक्षा छुटाएर शुक्रबार सदरमुकाम खलंगामा लगेकाे खुलेकाे हाे ।

अहिले दार्मा गाउँपालिका भित्र कक्षा १ देखि ९ सम्म गाउँपालिका स्तरीय परिक्षा संचालन भैरहेकाे छ । शुक्रबार विज्ञान र हाम्राे दार्मा स्थानीय पाठ्य पुस्तककाे परिक्षा थियाे । उक्त परिक्षा छाेडेर कक्षा ९ र कक्षा ८ का विद्यार्थी एमालेकाे कार्यक्रममा मयुर नाच देखाउन खलंगा गएकाे स्थानीय अविभावक मदन चन्दले बताए ।

विद्यार्थीहरु परिक्षा छाेडेरै नाच्न गएपछि शुक्रबार गाउँपालिकाकाे शिक्षा शाखाले पनि अनुगमन गरेकाे छ । अनुगमनका क्रममा कक्षा १० का ३ जना, कक्षा ९ मा ३ जना र कक्षा ८ मा एकजना विद्यार्थी अनुपस्थित भएकाे शिक्षा शाखा प्रमुख सेर बहादुर ढकालले बताए ।

त्यस्तै ८ जना शिक्षकहरुकाे पनि शुक्रबार हाजिर नभएकाे उनले बताए । “हाजिर नभएका केहि शिक्षकहरु उपस्थिति भएर पनि हाजिर गरेनछन् । तर केहि शिक्षकहरु उपस्थिति समेत भएकाे देखिएन्”, उनले भने ।

उता विद्यालयका प्रधानध्यापक प्रताप चन्दले आफु शनिबार हुने शिक्षककाे मिटिङमा खलंगा आएकाे र आफुलाइ कुन विद्यार्थी कहाँ गयाे भन्नेबारे थाहा नभएकाे बताए । उनले भने, “म आवश्यक परेकाे खण्डमा गाउँपालिकालाइ लिखित स्सपष्टिकरण दिन्छु ।”

एमाले दार्माका इन्चार्ज गणेशमान सिंहले आफुले विद्यालयकाे मयुर नाच भएकाे र त्यसलाइ पारिश्रमिक दिएर बाेलाएकाे बताए । “विद्यालयमा विद्यार्थी र शिक्षिका सहितकाे मयुर नाच रहेछ । त्याे नाच अनेन्त्र पनि जाने गरेकाेले हामीले पारिश्रमिक दिएर बाेलाएका हाैं”, उनले भने ।

उनले यहि नाचलाइ दार्मा गाउँपालिका अध्यक्षले अनेन्त्र कार्यक्रममा लिने गरेकाे पनि बताए । उनले प्रश्न गरे “यहि विद्यार्थी सहितकाे नाचलाइ दार्मा गाउँपालिका अध्यक्षले आफ्नाे पार्टीकाे कार्यक्रममा लिँदा आलाेचना नहुँने हाम्राे पार्टीमा ल्याउँदा चाहि आलाेचना हुने ?” दार्मामा सबैभन्दा बढी गाउँपालिका सरकारले र नेकपा माओवादीले विद्यार्थीहरुलाइ कार्यक्रममा लिने गरेकाे उनकाे आराेप छ ।      लेकाली अन्लाईन बाट साभार     ।

छुटाउनुभयो कि ?

TOP