काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ३१ औं मदनआश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।
स्मृतिसभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
तत्कालीन नेकपा ९एमाले० का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते कार्यक्रम गर्दै आएको छ ।