काठमाडौँ । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
बलात्कारको कसुरमा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ५ लाख जरिवानाको सजाय तोकेको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
पाटन अदालतका रजिष्ट्रार विमल पराजुलीले न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएको बताए । यो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ ।