गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप

काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टिस्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् ।

एमाले संसदीय दलको बुधबारको बैठकमा सम्बोधन गर्दै कांग्रेसले टिस्टेटबारे बोल्दै भने म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली कांग्रेसले बकबास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन ।

उनले कांग्रेसका बद्मासीहरुको बारेमा पनि कुरा उठाउने भन्दै सांसदहरूलाई त्यस्ता कुरा उठाउन निर्देशन दिए ।हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराईरहनुपर्ने हुन्छ रु पार्लियामेण्ट भनेको त्यही हो रु हामी सुनिरहने, काँग्रेस कराईरहने रु यो चल्दैनु ओलीले भने,ु अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? ओलीको कटाक्ष थियो ।

छुटाउनुभयो कि ?

TOP