आज महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं । रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् । उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् ।

मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ ।

महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन शुक्रबार रथको टुप्पोबाट नरिवल खसाइएको थियो । अबको केही दिनपछि ज्योतिषीले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ ।

मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मच्छिन्द्रनाथका ज्योतिषीले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् ।

साइतका आधारमा रथलाई तानेर जावलाखेल पुर्‍याइको चार दिनपछि भोटो जात्रा मनाइन्छ ।

छुटाउनुभयो कि ?

TOP