बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ ।

छुटाउनुभयो कि ?

TOP