‘दफा दफामा धेरै हेरफेर भएको छ । दफालाई हेरेर प्रतिवेदन बनाउन र पास गर्न अलिकति समय माग गर्ने तयारी छ,’ उनले भने ।
सोमबारको समिति बैठकमा उपसमितिले अहिलेसम्म भएको प्रगति विवरण पेस गर्ने भएको छ ।
विधेयकमा १६३ दफा छ । १ हजार ७५८ वटा संशोधन थियो । समितिले ७ प्रदेशको प्रतिवेदन पनि तयार पारेको थियो । विधेयक, संशोधन, प्रतिवेदन र विज्ञहरूको सुझावलाई एकीकृत गरेर उपसमितिले दवाफार छलफल गरेको हो ।
आगामी १५ असारभित्र ऐन जारी गर्ने गरी सरकारले शिक्षक महासंघसँग सहमति गरेको छ । सोही अनुसार विधेयकको दफावार द्रुत गतिमा छलफल भएको हो ।