पुस १९, सल्यान ।
यतिबेला विभिन्न पार्टीका महाधिवेशन तथा सम्मेलनहरु भैरहेका छन् । हालसालै नेकपा एमाले र नेपाली कांग्रेसकाे राष्ट्रिय महाधिवेशन सकिएकाे छ भने नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन जारी छ । माओवादीले सर्वसम्मतबाट केन्द्रीय सदस्य र अध्यक्षकाे टुंगाे लगाइसकेकाे छ अन्य पदाधिकारीकाे टुंगाे लगाउन बाँकी छ ।
आ-आफ्ना पार्टीमा केन्द्रीय कमिटी तथा पदाधिकारीमा नेताहरुका आ-आफ्नै लबिङ छ । केन्द्रीय कमिटी तथा पदाधिकारीमा चाहाना गरेका कति नेताहरु समेटिएका छन् भने कति नेताहरु समेटिएका छैनन् ।
अन्य जिल्लाहरुबाट केन्द्रीय कमिटीमा धेरै नेताहरु समेटिदाँ सल्यान जिल्लाबाट भने कम नेताहरु मात्रै समेटिने गरेकाे कुरा उठ्ने गर्दछ । सल्यानमा आफ्नै पार्टीभित्रकाे गुटबन्दी र एकले अर्काकाे अस्तित्व स्वीकार गर्न नसक्ने तथा केन्द्रसम्म पहुँच राख्न नसक्नु लगायतका कारणले सल्यानका नेताहरु केन्द्रीय कमिटीमा कम पर्ने गरेकाे चर्चा हुने गर्दछ ।
सल्यानबाट कुन पार्टीमा कति केन्द्रीय सदस्य छन्
माओवादी केन्द्र
अहिले नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन जारी छ । महाधिवेशनमा केन्द्रीय सदस्यहरुकाे भने टुंगाे लागिसकेकाे छ ।
माओवादी केन्द्रले खुल्ला र समानुपातिकतर्फ गरेर जम्मा २३६ जना केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ र समानुपातिकतर्फ १२५ जनाकाे नाम घोषणा गरेपछि प्रतिनिधिहरुले त्यसलाइ पास गरेका हुन् ।
जसमा सल्यान जिल्लाबाट २ जना मात्रै केन्द्रीय सदस्यमा परेका छन् । खुल्ला तर्फबाट टेक बहादुर बस्नेत र खसआर्य महिला तर्फबाट टीका बुढाथाेकी माओवादीकाे केन्द्रीय सदस्य बनेका हुन् । माओवादीमा बस्नेत पुरानै केन्द्रीय सदस्य हुन भने बुढाथाेकी नयाँ थपिएकी हुन् । यी दुवै जना माओवादी जनयुद्वबाट आएका हुन् ।
नेकपा एमाले
गत मंसिरमा चितवनमा भएकाे नेकपा एमालेकाे दशौँ महाधिवेशनले ३०१ जना केन्द्रीय सदस्य निर्वाचित गरेकाे थियाे । जसमा सल्यान जिल्लाबाट गुलावजंग शाह मात्रै परे ।
शाहलाइ अहिले एमालेले पाेलिटब्यूराे सदस्यमा मनाेनित गरेकाे छ । उनि केन्द्रीय सदस्य सँगै पाेलिटब्यराे सदस्य छन् ।
नेकपा एकीकृत समाजवादी
नेकपा एमालेबाट छुट्टिएर अलग भएकाे एकीकृत समाजवादी पार्टीमा ३३५ जनाकाे केन्द्रीय कमिटी छ । जसमा सल्यान जिल्लाबाट ५ जना केन्द्रीय सदस्यमा छन् । ५ जना मध्य प्रकाश ज्वाला पार्टीकाे केन्द्रीय उपमहासचिवमा छन् भने उदय बाेहरा, धिरेन्द्र बहादुर श्रेष्ठ, भद्रसिंह बुढा र शारदा परियार केन्द्रीय सदस्यमा छन् ।
एकीकृत समाजवादी पार्टीकाे महाधिवेशन भने भएकाे छैन् ।
नेपाल कम्युनिस्ट पार्टी
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीमा अहिले ६४ जनाकाे केन्द्रीय कमिटी छ । कुल ६५ जनाकाे केन्द्रीय कमिटी रहेकाे याे पार्टीमा हालैमात्र बिरजंग चन्दकाे निधन भएपछि अहिले ५४ जनाकाे केन्द्रीय कमिटी छ ।
नेकपाकाे राेल्पाकाे थबाङमा भएकाे आठौँ महाधिवेशनले वैकल्पिक सहित ६१ जनाकाे केन्द्रीय कमिटी बनाएकाे थियाे । विधानमा ८१ जनाकाे केन्द्रीय कमिटी बनाउने भएपनि हाल ६४ जनाकाे केन्द्रीय कमिटी छ ।
जसमा सल्यानबाट ५ जना समावेश छन् । सल्यान जिल्लाबाट याे पार्टीमा केन्द्रीय सदस्य हुनेहरुमा माेहलाल चन्द ‘आधार’, चन्द्र बहादुर खड्का ‘असल’, बन्धु चन्द, सविन पाेखरेल र डिल्लीराज शर्मा विश्व रहेका छन् ।
यी पाँचै जना माओवादी जनयुद्वकाे विरासतबाट आएका नेताहरु हुन् । तर अहिले यी सबै फरकफरक क्षेत्रमा छन् । आधार पार्टीकाे काभ्रे जिल्ला इन्चार्ज भएर काम गरिरहेका छन् । असल विप्लवकाे केन्द्रीय सचिवालमा छन् । बन्धु अखिल नेपाल महिला संघकाे केन्द्रीय अध्यक्षमा छिन् । सविन पार्टीकाे सल्यान जिल्ला इन्चार्जमा छन् भने विश्व रुकुम जिल्ला इन्चार्जमा छन् ।
कांग्रेस र राप्रपामा शुन्य
हालै सम्पन्न नेपाली कांग्रेस र राप्रपाकाे महाधिवेशनमा सल्यानबाट कुनैपनि केन्द्रीय सदस्यमा परेका छैनन् ।
कांग्रेसकाे १६६ केन्द्रीय सदस्यमा सल्यान जिल्लाबाट एकजना पनि परेनन् । काँग्रेसमा दुइ समुहकाे प्यानल बनेर चुनाव भएपनि सल्यानबाट कुनै नेता ति समुहमा समेत परेनन् ।
त्यस्तै राप्रपामा सल्यानबाट राजेन्द्र बीर राय चुनावमा लडेपनि उनले जित्न सकेनन् ।
coped by lekalionline