Advertisement

प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई भने-नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू लागिपरेकाले राष्ट्रपतिको सम्बोधनमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन्।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन् ।

‘सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्नका लागि म पूरै कोसिस, काम गरिराखेको छु। म समस्या समाधानतर्फ नै उन्मुख छु। समाधान गर्छु भन्नुभयो,’ प्रमुख सचेतक लेखकले छलफलपछि भने, ‘आज नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक हुने भएकाले त्यो सम्बोधनलाई तपाईंहरूले अवरोध नगरिदिनूस् भन्नु भयो।’

प्रमुख सचेतक लेखकले अहिले केही बेरमा बस्ने संसदीय दलको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए।

छुटाउनुभयो कि ?

TOP