काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको बताउँदै यसले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको स्पष्ट हुने दाबी समेत गरेका छन्।