शिक्षक महासंघ र सरकारबीच वार्ता हुने

काठमाडौं । शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको वताइएको छ ।सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन बस्ने भएको हो ।आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
‘आजको वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि हिजो बेलुकी शिक्षामन्त्री रघुजी पन्तले भने ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् -‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ।’

छुटाउनुभयो कि ?

TOP